सरकारी तवरबाटै घरेलु कामदार पठाउन माग

Play all audios:

काठमाडौं — ओमनमा रहेका नेपाली राजनैतिक दलनिकटका वैचारिक संगठनहरुले ओमनमा सरकारी तवरबाट मात्रै घरेलु कामदार पटाउनुपर्ने माग राखेका छन् । <?xml encoding="UTF-8"??> ओमानमा
क्रियाशील चार बैचारिक संगठनका संयुक्त संयन्त्रले नेपाली दुताबासमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गर्दै ‘घरेलु कामदार महिलालाई सरकारको संरक्षकत्वमा सरकारी निकाय मार्फत नै पठाउने
ब्यवस्था भएमा मात्र महिलाको सुरक्षा र समस्याको न्यूनीकरण गर्न सकिने’ जनाएको छ । ‘सरकारले दलालबाट हुने मानव बेचबिखन र ओसारपासार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न एजेन्ट, दलाल वा मेनपावर
मार्फत नभई सरकार मार्फत मात्र महिलालाई उचित तलब र संरक्षणमा पठाउने ब्यवस्था गर्न जोड्दार माग गर्दछौं,’ मागपत्रमा भनिएको छ । संयन्त्रले घरेलु कामदारको रूपमा खाडी आएका महिलाको हकमा नेपाल
सरकारले जुनसुकै नीति नियमहरु लागू गरेता पनि समस्यामा कमि आउनुको सट्टा झन पछिल्लो समयमा अवैधानिक बाटो हुदै सेटिङमार्फत महिलालाई तस्करी शैलीमा ल्याउने क्रम बढेको जनाएको छ । ‘मोटो कमिसनमा
ओमानमा बेचबिखन हुदै आएको कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ ज्ञापन पत्रमा भनिएको छ,‘सरकारले कडा कदम चाल्न नसक्नाले नै अहिले महिलाहरुको समस्या र पीडा थप जटिल बन्दै गएको छ । कतिपय
महिलाहरु रातदिन नभनी बिना तलब महिनौंसम्म काम गर्न बिवश रहनुको साथै घर मालिकको अमानवीय यातनाले मृत्यु समेत हुने गरेको छ,’ ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापनपत्रमा नेपाली जनप्रगतिशिल मंच अध्यक्ष
पदम प्रसाद अर्याल, नेपाली जनसम्पर्क समितिका सभापति फर्सुराम पोख्रेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष गगन कार्की र ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले हस्ताक्षर गरेका छन् । संयुक्त
बैचारिक सयन्त्र ओमानका संयोजक शोभाकान्त लामिछाने, सयन्त्रका महिला प्रतिनिधिहरु संगीता लामा, दिपिका श्रेष्ठ, मनु सुनार, जय कुमारी थापा र कुमारी तितुङ लगायतका टोलीद्वारा नेपाली दूतावासका
सहचारी लालबहादुर अर्यालसमक्ष ज्ञापनपत्र बुझाइएको थियो । प्रकाशित : पुस १५, २०७३ ११:५२ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना
कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com