उसको पेस्तोल यात्रा

उसको पेस्तोल यात्रा

Play all audios:


उसको मनमा अपमानको रोष धेरै अघिदेखि बसेको हो । ‘साला, जहाँ पनि हेपिनु छ ।’ हरेक घटनापछि ऊ गम्छ र अब नहेपिने साहस बटुल्छ । ‘अब फलानोले यसो भन्यो भने त्यसलाई यस्तो जवाफ दिन्छु ।’ तर सोचेभन्दा


फरक घटना हुन्छ । <?xml encoding="UTF-8"??> ऊ फेरि हेपिन्छ । स्कुलमा, गाउँमा, बाटोमा, बजारमा, चियापसलमा पटक–पटक उसलाई त्यस्तो भएको छ । घर पुगेपछि सोच्छ, थुइक्क त्यसलाई यसो


भनेको भए हुन्थ्यो । सोच्दासोच्दा कल्पनामै घमासान झगडा गर्न थाल्छ । उसको निधारमा चिटचिट पसिना आउन थाल्छ । परिवार, शिक्षकहरू र गाउँका केही थोरै मानिसमाझ उसको कथित असल चरित्र प्रशंसनीय छ । तर,


आमजीवनमा ऊ सधैँ पीडित छ । उसलाई ग्लानि हुने क्षण त्यो हो जब केटी साथीहरूले गुहार माग्छन् । उच्छृंखल केटाहरूले जिस्क्याउँदा, कागजका टुक्राले हिर्काउँदा केटीहरू ऊसँग गुहार माग्न आइपुग्छन् ।


ऊसलाई सकस हुन्छ र टालटुल गर्छ, ‘वास्तै नगर । आची चलाए, गन्ध ।’ एक दिन पचाम स्कुलबाट गाडी गुड्ने बाटो हुँदै दीननाथ, डेगेन्द्र र ऊ घरतिर फर्कंदै थिए । १३, १४ वर्षका उनीहरू हाँस्दै रमाइलो गर्दै


हिँड्दै थिए । अचानक दुई जना सवार एउटा मोटरसाइकल उनीहरूअगाडि रोकियो । पछाडि बस्नेले भन्यो, ‘ओ भाइ हल्ला नगरी हिँड्ने, नत्र ।’ तीनवटै केटाहरू ट्वाँ परे । मुखबाट वाक्य फुटेन । सबैभन्दा अपमानित


‘ऊसले’ महुसस गर्‍यो । अर्को दिन स्कुलबाट गाडीको छतमाथि चढेर घर जाँदै थिएँ । बेलेपुरको दीपक बास्तोलाले साथी डेगेन्द्रको कपाल झ्याप्प समाएर ‘ओर्ली’ भन्यो । उसका विरुद्ध त्यहाँ बोल्ने हिम्मत


कसको ?चितवन शैक्षिक भ्रमणमा जाँदा रामपुर क्याम्पस हेर्न गएको बेला स्थानीय केटाहरूले दीननाथलाई बिनाकारण हात छोडे । आफूतिर पनि मुक्का आउने डरले लुसुक्क कुना पस्यो । अप्ठ्यारोमा परेका साथीलाई


सहयोग गर्न नसकेकोमा उसको स्वाभिमान झनै चाउरियो । पीडा त उसलाई त्यतिखेर झन् हुन्थ्यो जतिखेर उसको असामथ्र्यको प्रशंसा हुन्थ्यो । उसका बाआमा उसको ‘पढाइ र चरित्र’ को प्रशंसा जो कोहीलाई गरिदिन्थे


 । ‘ज्ञानी छ । कसैसँग झगडा गर्दैन । सरासर स्कुल जान्छ । सरासर घर आउँछ । कतै अल्मलिँदैन । भनेको कुरो मान्छ ।’ ऊ ठान्थ्यो, ‘त्यही कथित सत्चरित्रले दिनानुदिन ऊ निम्छरो हुँदै छ ।’ तर, ऊ आफ्नो


चरित्रमा यसरी बाँचेको छ, उम्कन असम्भव छ ।एक दिन उसलाई प्रेरित गर्ने घटना भयो । छट्टू तेलीले क्लासभित्रै साइकलको चेन भिरेर छिरेछ । यशोदा सरले देख्नुभएछ । एउटा सोझो–सोझो देखिने विद्यार्थी


बन्दोबस्तीसहित क्लासमा आउन थाल्यो † सरले सोध्नुभयो, ‘ओई केटा किन बोकिस् त्यो ?’ ‘आत्मसुरक्षाका लागि ।’ साधारणतया शिक्षकका अगाडि सातो जाने त्यो समयमा उसको साहसिलो उत्तरले अचम्मित बनायो ।


साथीहरू गलल्ल हाँसे । ऊ भने गम्भीर थियो । लाग्थ्यो, उसले निकै विचार गरेर त्यो निर्णय गरेको थियो । आत्मसुरक्षा । तरिका यही हो । तर, आँट पनि त हुन पर्‍यो । लाठी बोकौँ चेनको डर । चेन बोकौँ,


खुकुरीको डर । खुकुरी बोकौँ बन्दुकको डर । बन्दुक कहाँबाट ल्याउने ? सहर छिर्दा उसमा बेग्लै उत्साह थियो । पहिलो दिन क्याम्पस छिर्दा आँट र बल दुवै थियो । नयाँ ठाउँमा कसैले हेपिहाले प्रतिकार


गर्ने साहस थियो उसमा । उसलाई लाग्यो, यो सहरमा उसको कमजोर आँतको भेउ कसैले पाएका छैनन् । तर क्याम्पसमा एक दिन केटीका निहुँमा ४ जना केटाले मिलेर पुष्ट शरीर भएको आफ्नै साथीलाई भकुरेको देखेपछि


भने ऊ आफ्नो पुरानै हैसियतमा आयो । उसका आत्मबल र फूर्ति सबै स्वाहा भए । त्यसपछि २ वर्षसम्म कुनै केटीसँग सीधै बोल्ने साहस गरेन उसले । कक्षाकोठा वा कुनै सार्वजनिक स्थानमा उसको उपस्थिति कसैले


पत्तै नपाउने खालको हुन्थ्यो । लुसुक्क आउने । लुसुक्क जाने । स्कुले जीवन पार गरेको वर्षौं बितिसक्दा पनि उसको निरीह चरित्र उस्तै रह्यो । आफ्नै निरीहपन र लघुताभासबाट कसरी निस्कने भन्ने ठूलो


चुनौती थियो उसमा । एक दिन ऊ अर्को कोसिसमा लाग्यो र आफ्नो हुलिया फेर्ने निधो गर्‍यो । उसले सग्लो जिन्स पाइन्टका ठाउँ–कुठाउँ प्वाल पारेर धागोको झल्लरी निकाल्यो । दाइने जुत्ता र देब्रे जुत्ताको


तुना बेग्लाबेग्लै रङ्गको बनायो । कपालको स्टायल पनि फरक बनाउने निधो गर्‍यो र डेरा नजिकैको सैलुनतिर हान्नियो । सधैंझंै त्यो दिन पनि सैलुनमा एक घण्टा कुर्दा पनि उसको पालो आएन । उसको प्वाल


परेको पाइन्ट र अल्टर जुत्ताले त्यहाँ खासै काम गरिरहेको थिएन । हरेकपटक उसको पालो आउन लाग्दा अर्को आएर घुसिहाल्थ्यो । सैलुनको भित्तामा टाँसिएका सबै हिरोहिरोइनका पोस्टर नियालिसक्दा, सबै सायरी


पढिसक्दा, बाटोमा हिँडेका मानिसलाई आँखा टट्याउन्जेल हेरिरहँदा पनि उसको पालो आएन । बल्ल पालो आउलाजस्तो भएको थियो । अर्को आएर कुर्सीमा बिराजमान हुन खोज्यो । त्यसको हुलिया देखेरै उसको ओठ


सुकिसकेको थियो । अति भएकाले साहस बटुलेर उस्ले घुटुक्क थुक निल्दै मुख खोल्यो, ‘दाइ अब मेरो पालो ।’ पालो मिचुवाले भन्यो, ‘म पछि ।’ उसले फेरि सास रोक्दै साहस बटुलेर भन्यो, ‘मैले पालो कुरेको एक


घण्टा भइसक्यो ।’ मिचुवा गर्जियो, ‘बढ्ता हुन्छस् फुच्छे ? मलाई चिनिनस् ?’ निर्धो ऊ काठको बेन्चमा टाँसिएझैँ भयो । न उसले थुक निल्यो न आवाज निकाल्यो । त्यहाँ बस्ताबस्तै उसले नयाँ निर्णय गर्‍यो 


। हिन्दी फिल्मको नायकमा क्रान्तिको तागत भरिएझैँ भयो उसमा पनि । उसले बलिउडका राम्रा कलाकार मानिने नसिरुद्धिन शाहको झुर फिल्म ‘लुटेरे’ हेरको थियो । अजय देवगणको ‘फूल और कांटे र दिलवाले’ हेरेको


थियो । बोर्डरछेउ घर हुनुको फाइदा न हो । र, आफैंले आफैंलाई भन्यो, ‘हेर् केटा किताबमा पनि पढिएकै हो । अन्याय सहनु पनि अन्याय गर्नुझैं पाप हो । त्यसैले दायाँ–बायाँ नहेरी स्कुले सहपाठी छट्टू


तेलीलाई गुरु थाप् ।’ उसबेलाको छट्टूले सिक्री बोक्थ्यो । यस बेलाको छट्टुले पेस्तोल नबोकी जिन्दगी नचल्ने उसले ठहर गर्‍यो । दायाँ–बायाँ सोचेन । कलंकी गएर रात्रि बस समायो । १५० रुपैयाँ भाडा


तिर्‍यो र सीधै मोरङ हानियो । गाउँको जानेमाने ‘दादा’ बलु न्यौपाने । उसको मावली न्यौपाने हुनाले थरकै कारणले ‘दादा’ सँग नजिक हुने साइनो थियो । खासमा ऊ नाताले कोही थिएन । भेटेर बिन्ती बिसायो ।


उसको सक्खे मामाले उसलाई उपहार दिएको क्यापटोपी बलु दादाले फुत्त तान्दै भन्यो, ‘के चाहियो कान्छा ?’ केटोले ङिच्च गर्दै टोपी माया मार्‍यो । बाआमाले फिस तिर्न र काठमाडौंमा जीवन चलाउन दिएको ४


हजार पनि बलु दादालाई बुझायो । अरू केही हजार पछि दिने वाचा गर्दै हात जोडर निवेदन गर्‍यो, ‘बलु दाइ एउटा पेस्तोल चाहियो ।’ बलु एकपटक त चकित खायो, त्यस गौ प्राणीको नवरूप देखेर । उसले लामै विलौना


गरेर बिन्ती बिसाएपछि बलु दादाले कमिसनमा काम गर्दिने भयो । बलु दादाले चोर बाटो उसलाई बोर्डर कटायो र एउटा धम्मरधुसलाई भेटायो । केटोको हातमा माल पर्‍यो । बलुले भन्यो, ‘यहाँबाट पार गर्ने जिम्मा


तेरो ।’ उसले बोर्डरबाट त्यो पेस्तोल कुन गतिमा कसरी कटायो, यसको लामो कथा छ । खबर नै नगरी छोरो टुप्लुक्क घरमा आएको देखेर उसका बाआमा अचम्म परेका थिए । उसले कुरो मिलायो घरको याद आयो भनेर । ऊ


हिँड्ने बेलामा आमाले सधैंझैं एक बोरा चामल ठीक पार्दिन् । त्यही चामलको बोराभित्र लुकाएर पेस्तोल सहर भित्र्याउने योजना बनायो उसले । ‘बोरा डिक्कीमा हालिदेन’ भनेर अनेक बिन्ती गर्दा पनि खलासीले


मानेन । ऊ त्यहाँ पनि निरीह नै भयो । एक मनले त उसले सोच्यो, बोराभित्रको पेस्तोल झिकेर खलासीलाई थर्काउँm । अनि बोरा डिक्कीभित्रै राख्न लगाऊँ । सम्हालियो, यति जाबो काममा यस्तो शक्ति किन प्रयोग


गर्नु ? सहरमा धेरैलाई थर्काउनु छ । पाथिभरा ट्राभलमा १७५ तिरेर इटहरीबाट साँझ करिब ६ बज्न १० मिनेट बाँकी हुँदा गाडी चढेको थियो ऊ । सिटको बीचमा मान्छे हिंड्ने ठाउँमा राखिदियो खालासीले चामलको


बोरा । रमाइलो भन्ने ठाउँबाट आएको गाडी अघि नै भरिएको रहेछ । ऊसको फोल्डिङ सिट भन्नु त्यही थियो । रातभरि ऊ निदाएन । लाग्थ्यो, त्यो बन्दुकले बोराभित्रबाट उसको ब्यासमा घोचिरहेको छ । सारा


मानिसहरूले उसलाई चियो गरिरहेका छन् । मानौं, उसले पेस्तोल बोकेको सबैलाई थाहा छ । थानकोट चेकपोस्टमा गाडी रोकिएपछि उसको सास पनि रोकिएको थियो । गाडीभित्र पुलिस छिरेपछि उसले कट्टुमा तुरुक्क पिसाब


गर्‍यो । तातो महसुस भयो । तर, जबरजस्ती रोक्यो । पछि त्यही चिसो पेस्तोलभन्दा धेरै घाँडो भयो । पेस्तोल बोकेर ऊ सहरसम्म आइपुग्दा २, ४ किलो दुब्लाइसकेको थियो । बसपार्कबाट सीधै कोठामा गयो । बोरा


खोल्यो । चामलभित्र हात छिराएर पेस्तोल भिक्यो र सीधै बाहिर निस्कियो । अनुहार पुस्रोकालो, जीउ पसिनाले भिजेर, पसिना पनि सुकेर गन्धे भइसकेको, शरीरमा दुई–चार थोपा रगत बाँकी रहेको उसले पेस्तोल


भएको हात तेर्साएर गर्जंदै हजामलाई भन्यो, ‘मेरो पालो आएन ?’ त्यतिखेरसम्ममा सैलुनमा ऊ र हजाम केटो मात्रै रहेछन् । उसको यो कल्पना यात्राले अरू आधा घण्टा गुजारिसकेको रहेछ । झसंग झस्कँदै हजाम


केटोले उसलाई कुर्सीमा बसायो र फटाफट कपालमा छुरा चलायो । ऊ आफ्नो रित्तो हात देखेर आफैँदेखि फेरि लजायो । उसलाई लाग्यो, ‘छट्टूलाई गुरु थाप्नु चानचुने कुरा रहेनछ ।’ मुडुलो टाउको र निर्धो मन लिएर


सडकको कातैकात डेरा फर्किंदो भयो । बाटोमा २५० सीसीको मोडिफाइड बाइक हुइकिँदाको आवाजले उसको सातो लियो । अचेल ऊ राजधानीको कुनै कुनोमा उसरी नै निरीह जीवन बाँच्दै छ । यो देशले निम्त्याएको नियति †


आत्मसुरक्षाका लागि एउटा आधुनिक हतियार पेन्टको भित्रपट्टि कम्मरमा भिरेर हिँड्ने उसको सपना भने यथावतै छ रे । प्रकाशित : श्रावण १४, २०७४ १०:१२ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट


कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई


समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©


Copyright ekantipur.com