योद्धाको अन्त्येष्टि

Play all audios:

सुनसरी — दोस्रो विश्व युद्धका ‘स्नाइपर स्पेशलिस्ट’ का रूपमा चिनिएका योद्दा गोर्खा मेजर इन्दजीत वनेमको शुक्रबार धरानस्थित हरियाली सामुदायिक वनमा अन्त्येष्टि गरिएको छ । उनको ९४ वर्षको उमेरमा
गत सोमवार धरान–१० स्थित आफ्नै घरमा निधन भएको थियो । <?xml encoding="UTF-8"??> परिवारका केही सदस्य विदेशबाट बिहीबारमात्र आइपुगेकाले पाँच दिनपछि अन्येष्टि गरिएको हो । उनलाई
विभिन्न संघसंस्था, आफन्त र इष्टमित्र तथा पूर्व गोर्खाहरूले सामूहिक रूपमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । पाँचथरको वासुममा जन्मेका वनेम सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धको समयमा
बेलायती सेनाको तर्फबाट बर्मालगायत तीन युद्ध लडेका थिए । दोस्रो विश्वयुद्धपछि सन १९४७ मा ब्रिटिसले भारत छाडेपछि उनी पनि व्रिटिससँगै मलाया पुगेका थिए । त्यहाँको मलाया कन्फ्रन्टेसन वार र सन्
१९६३ मा बोर्नियो युद्धमा लडेका थिए । विभिन्न युद्धमा बहादुरी देखाएको भन्दै बेलायत सरकारका तर्फबाट बेलायती महारानीले उच्च सम्मान गर्दै मिलिटेरी क्रस (एमसी), मेम्बर आफ द ब्रिटिस एम्पायर
(एमविइ) सहितका युद्धपदक प्रदान गरेकी थिइन् । बेलायत सरकारबाट उच्च सम्मान प्राप्त गर्नेमध्ये गोर्खा मेजर वनेम विश्वयुद्ध लड्ने बहादुर सिपाहीमध्ये एक थिए । दोस्रो विश्वयुद्धमा बेलायतले
जापानसँग यृद्ध गर्दा उनी वर्मामा थिए । जीवित हुँदा उनले भन्ने गरेका थिए, ‘जापानले आक्रमण गर्दै आउँदा जापानी सेनालाई रोक्न व्रिटिस गोर्खा सेनाले बर्माको सिताङ रिभर ब्रिज भत्कायो । तर गोर्खा
सेनाहरू सिताङ नदी पारि धेरै संख्यामा रहेकाले नदीमा हामफाल्दा सयौं गोर्खा साथीहरू बगेर मृत्यु भएको थियो ।’ त्यसबेला नदीमा हामफाले पनि पौडिन नजान्ने गोर्खा सेनाको तैरिएको टोपीले नदी ढाकेको
दुश्य आफूले देखेर आङ्ग जिरिङ्ग हुने गरेको बताउने गरेका थिए । प्रकाशित : चैत्र १६, २०७५ ०९:३४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल
हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क
ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com