असल अभ्यास : घरमै अपांगताको परिचयपत्र

असल अभ्यास : घरमै अपांगताको परिचयपत्र

Play all audios:


(ललितपुर) — ललितपुर महानगरले अपांगता भएका घरमा पुगेर परिचयपत्र वितरण गर्न थालेको छ । महानगरले वडा २६ र २७ मा अपांगता कार्ड वितरण गरिसकेको छ । महानगरका अनुसार यी दुई वडामा मात्रै ४० जनाले


अपांगता भएको परिचयपत्र पाइसकेका छन् । महानगरकी उपप्रमुख एवं अपांगता परिचयपत्र वितरण स्थानीय समन्वय समितिकी संयोजक गीता सत्यालले अपांगता भएकाको तथ्यांक संकलन गर्न वडास्तरमा परिचयपत्र वितरण


शिविर सञ्चालन गरेको बताइन् ।  <?xml encoding="UTF-8"??> कार्ड पाउँदा अपांगता भएका व्यक्ति खुसी छन् । तर, सीप सिकाउने व्यवस्था गरिदिए भविष्यमा जीविकोपार्जन गर्न सहज हुने


उनीहरू सुनाउँछिन् । ललितपुर सुनाकोठीका २२ वर्षीय विनोद खत्रीको खुट्टाको नङमा आएको घाउकै कारण शारीरिक रूपमा अपांग बनायो । उनी हिँड्डुल गर्न सक्दैनन् । महानगरले खत्रीलाई नीलो ‘ख’ वर्गको


अपांगता परिचयपत्र उपलब्ध गराएको छ । उपचारका लागि धेरै अस्पताल धाए पनि केही उपाय नभएको उनले बताए । खुट्टा नचले पनि उनी कम्प्युटर सिक्न चाहन्छन् । तर, आर्थिक अवस्थाका कारण उनले मौका पाएका


छैनन् । ‘त्यस्तो तालिम पाए धेरै सजिलो हुने थियो,’ उनले भने । त्यस्तै कक्षा ६ मा पढ्ने सिसम महर्जनले नीलो कार्ड अर्थात् ‘ख’ वर्गको कार्ड पाइन् । उनी पनि पढाइसँगै सीप सिक्न उनी आतुर छिन् ।


अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ४२ अनुसार परिचयपत्र वितरण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । महानगरले २ सय ६१ जनालाई अपांगता भएको परिचयपत्र वितरण गरिसकेको छ । महिला


विकास शाखाकी प्रमुख अधिकृत महेश्वरी विष्ट रावलका अनुसार १ सय २० महिला र १ सय ४१ पुरुष छन् । महानगरले असार २५ देखि परिचयपत्र वितरण गर्न सुरु गरेको हो । हालसम्म ८२ जनाले पूर्ण अशक्त अपांगता, १


सय ३५ ले अति अशक्त अपांगता, ४० ले मध्यम अपांगता, ४ ले साधारण अपांगताको परिचयपत्र लिइसकेका छन् । रातो परिचयपत्र भएकालाई ३ हजार, नीलो कार्ड हुनेले १ हजार ६ सय रुपैयाँ मासिक भत्ता पाउँछन् ।


अन्य कार्ड पाएकाले भने सार्वजनिक यातायातमा सिट, निजामती सेवामा जागिरका लागि कोटा, अस्पतालमा छुट तथा छुट्टै लाइन, विद्यालयमा छात्रवृत्ति, चारपांग्रे स्कुटर ल्याउँदा भन्सार छुट तथा सहायक


सामग्री पाउने महानगरले जनाएको छ । यी सुविधा ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाउनेले पनि पाउँछन् । मनोसामाजिक तथा बौद्धिक अपांगता भएकालाई छुट्याउन गाह्रो हुने महिला विभागकी अधिकृत रावलले बताइन् ।


‘घरमा डिप्रेसन, सर्ट टेम्पर भएकाहरू प्रशस्त रूपमा भेटिन्छ । त्यस्ता घटनामा कार्ड वितरण गर्न जटिल छ,’ उनले भनिन् । प्रकाशित : आश्विन ८, २०७६ ०८:३२ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो


वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य


प्रकाशनहरु © Copyright ekantipur.com