यस वर्ष गोसाइँकुण्ड मेला नहुने

Play all audios:

रसुवा — गोसाइँकुण्डमा यस वर्ष मेला सञ्चालन नहुने भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मेलन गरी मेला नलाग्ने जानकारी दिएको हो । <?xml
encoding="UTF-8"??> गोसाइँकुण्डमा हरेक वर्ष नागपञ्चमीदेखि जनैपूर्णिमासम्म मेला लाग्दै आएको थियो । कोरोना भाइरस संक्रमणका कारण जमघट तथा भिडभाड गर्न नहुने भएकाले यस वर्ष मेला
सञ्चालन नगर्ने निर्णय गरिएको समिति अध्यक्ष सञ्जीव डीएमले बताए । यस वर्ष जनैपूर्णिमा साउन १९ गते परेको छ । ‘लकडाउन हटे पनि भदौ १ गतेबाट मात्र लामो रुटका सार्वजनिक सवारी सञ्चालन हुने भएकाले
तीर्थयात्रीलाई आउन पनि समस्या छ,’ उनले भने । मेला भर्न बर्सेनि देशैभरबाट विशेष गरी हिन्दू तथा बौद्ध धर्मावलम्बी आउने गर्छन् । प्रकाशित : श्रावण १०, २०७७ ११:५० कान्तिपुरका स्तम्भहरु हाम्रो
बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार
र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य
प्रकाशनहरु © Copyright ekantipur.com