भारतीयद्वारा दाहालको पुतला दहन

Play all audios:

भैरहवा — भारतविरोधी अभिव्यक्ति सहितको पर्चा पम्प्लेट सीमावर्ती नेपालमा टाँसेको र भारतको अपमान <?xml encoding="UTF-8"??> गरेको भन्दै सोमबार दिउँसो सुनौलीमा भारतीय पक्षले
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाल सरकारविरुद्ध नाराबाजी गनर्ुका साथै अध्यक्ष दाहालको पुतला जलाएको छ । करिब डेढ सयको संख्यामा आएका भारतीयले दशगजा सिमानासँग जोडिएको भारत प्रवेशद्वारमुनि
करिब १० मिनेटसम्म नेपाल, चीन र दाहालविरुद्ध नाराबाजी गर्दै पुतला जलाएका हुन् । उनीहरूले नाराबाजी र पुतला जलाउँदा भारतीय सुरक्षाकर्मी एसएसबी र जनपद प्रहरी पनि थिए ।शनिबार राति र आइतबार बिहान
नेपालको सीमावर्ती बेलहियामा -माओवादी) कार्यकर्ताले माओवादी केन्द्रीय समितिको नामबाट छापिएको सबै देशभक्त तथा गणतन्त्रवादी शक्ति एकजुट हुन र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न आग्रह गरिएको
पम्लेट टाँसेका थिए । पम्प्लेटमा नेपाललाई भारतले चारैतिरबाट अतिक्रमण गरेर च्यापेको देखाइएको छ । भारतको झन्डासहितको हातले नेपालीलाई समातेको र बुटले कुल्चिएको देखाइएको छ ।पम्प्लेटमा
राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर, नागरिक सर्वोच्चता कायम गर, प्रतिक्रान्तिकारी षड्यन्त्र बन्द गर, शान्ति नयाँ संविधान निर्माण सुनिश्चित गर, सन् १९५० को सन्धिलगायत सम्पूर्ण असमान सन्धि
सम्झौताहरू खारेज गर, सीमा अतिक्रमण बन्द गर र भारतीय सेना नेपाली भूमि छोड भनिएको छ ।भारतीय नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको नामबाट गरिएको नाराबाजीमा र पुतला जलाउँदा
गोरखपुरस्थित गोरखनाथ मन्दिरका योगी आदित्यनाथको जयजयकार गर्दै जिन्दावाद र एकीकृत नेकपा -माओवादी), प्रचण्ड, नेपाल सरकार र चीनका विरुद्ध मुर्दावादको नारा लगाएका थिए ।आक्रोशित भीडले चीनविरुद्ध
पनि उत्तेजित नारा लगाएको थियो । नेपाली एक सुरक्षा अधिकृतका अनुसार, भारतीयले उक्त कार्यक्रम दसगजा सीमनामा गर्न लागेको थियो तर नेपाली सुरक्षा निकायले स्वीकृति नदिएकाले आफ्नै भूमिमा गरेको हो ।
उक्त बेला नेपालको सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च सुरक्षा अधिकारी पनि नेपालतर्फ उपस्थित थिए । प्रकाशित : माघ २६, २०६६ ०९:११ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६,
२०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना
प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,
नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com