पर्यटक आगमनमा नयाँ रेकर्ड

पर्यटक आगमनमा नयाँ रेकर्ड

Play all audios:


काठमाडौ — सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ । <?xml


encoding="UTF-8"??> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार एक दशकअघि कायम भएको रेकर्ड -४ लाख २१ हजार २ सय पर्यटक संख्या) तोड्दै यसपालि डिसेम्बरको पहिलो


सातासम्म ४ लाख २१ हजार ९ सय पर्यटक भित्रिसकेका छन् । यो वर्ष सकिन अझै तीन साता बाँकी छ । हाल दैनिक सरदर १ हजार ३ सयका दरले पर्यटक भित्रिरहेकाले यस वर्ष साढे चार लाख पर्यटक पुग्ने अनुमान छ ।


बढ्दो पर्यटक आगमनले प्रायः सबै व्यवसायलाई प्रभावित र उत्साहित बनाएको छ । मुख्य गरी हवाई र होटल व्यवसायमा चाप छ । सबैभन्दा बढी स्वदेशी लगानी रहेको होटल व्यवसायमा जनयुद्धकालदेखि पर्यटक घट्न


थालेकाले केही पाँचतारे बन्दसमेत हुन पुगेका थिए । 'अहिले बाहिरी जिल्लामा पनि पाँच/चार तारे होटलमा लगानी बढेको छ,' नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस् -नाटा) का पूर्वअध्यक्ष


रामकाजी कोनेले भने, 'ट्राभल र टुर अपरेटरलाई पनि फुर्सद छैन ।' रेकर्ड कायम गरेको पर्यटक संख्याका कारण ३ महिनायता सबै तारे होटलको 'अकुपेन्सी' शत प्रतिशत छ । अध्यागमनका


अनुसार यो वर्षको एघार महिनासम्म ४ लाख १२ हजार ४ सय ४६ पर्यटक भित्रिसकेका छन् । जुन हालसम्मकै उच्च आगमन संख्या हो । अघिल्लो वर्षको यो अवधिको संख्या ३ लाख ७८ हजार ७ सय थियो । नेपाल भ्रमण वर्ष


१९९८ का कारण १९९९ मा रेकर्ड कायम गर्ने गरी पाहुना भित्रिएका थिए । त्यस वर्ष स्थल र हवाईमार्ग गरी ४ लाख ९१ हजार ५ सय ४ पर्यटक आएका थिए । यसपालि हवाई सेवाको पहुँच वृद्धिका कारण दुवै मार्गबाट


वर्षभरिमा करिब ६ लाख पर्यटक भित्रने अनुमान पर्यटन बोर्डले गरेको छ । 'सबैतिर बनेको पर्यटनमैत्री वातावरणले २०१० मा ६ लाख पर्यटक आउने अनुमान छ,' पर्यटन बोर्डका प्रमुख कार्यकारी


प्रचण्डमान श्रेष्ठले भने, 'सबै कुरा सकारात्मक दिशातर्फ गइरहेको छ, त्यसैले नेपाललाई उचित गन्तव्यका रूपमा प्रचार गर्न समेत सजिलो भएको छ ।'त्यस्तै, पर्यटन व्यवसायीमा देखिएको


आत्मविश्वास र बन्द हड्ताल नगर्ने राजनीतिक दलको प्रतिबद्धताले पर्यटक संख्या बढाउन र बजार प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ । सरकारले पर्यटन वर्षमा भने ७ लाख हवाई मार्ग र स्थलमार्ग गरी कुल १०


लाख भित्र्याउने लक्ष्य लिएको छ । त्यस्तै, हस्तकलाको व्यापारदेखि रेस्टुरेन्ट, ट्रेकिङ सबै व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । 'पर्यटन क्षेत्रसँग सम्बन्धित सबै व्यवसाय फस्टाउदै गएका


छन्,' नाटाका अध्यक्ष अर्जुन शर्माले भने । उनका अनुसार विदेशी विमानकम्पनीको तुलनामा नेपाल वायुसेवा निगमलाई सक्षम बनाउने हो भने त्यसले अझ राम्रो अवस्था बन्न सक्छ ।डिसेम्बर पहिलो सातासम्म


४ लाख २२ हजार भित्रिएसबै क्षेत्रका व्यवसायी बेफुर्सदीमुख्य गरी होटल क्षेत्रमा लगानी बढ्दोहवाई मार्गबाट आएका पर्यटक संख्यावर्ष पर्यटक संख्या १९९८ ३९८,००८१९९९ ४२१,२४३२००० ३७६,९१४२००१


२९९,५१४२००४ २९७,३३५२००५ २७७,३४६२००६ २८३,८१९२००७ ३६०,७१३२००८ ३७४,६६१२००९ ३७८,७१२२०१० -डिसेम्बर ९ सम्म) ४२१,९०२ प्रकाशित : मंसिर २५, २०६७ १०:२४ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६,


२०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,


विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com