कालो बजारी विरुद्ध सरकार कडारुपमा प्रस्तुत हुन्छ : मन्त्री पुन

कालो बजारी विरुद्ध सरकार कडारुपमा प्रस्तुत हुन्छ : मन्त्री पुन

Play all audios:


इटहरी — नाकाबन्दी सहज बन्दा पनि ग्यास र इन्धनको अभाव उपभोक्ताले झेलिरहेको बेला आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्तिलाई सहज बनाउन कालोबजारी विरुद्ध सरकार कडारुपमा प्रस्तुत हुने बताएका छन् ।


<?xml encoding="UTF-8"??> मुलुकमा आपूर्ति व्यवस्थालाई सजह र सरल तुल्याउनका लागि जिल्ला तथा केन्द्रीयस्तरबाट नै बजार अनुगमनलाई कडा बनाइने उनले बताए । बजार असहज र कालोबजारी


गर्ने भिडतन्त्रको कब्जामा गएकाले त्यसलाई चिर्नका लागि सरकारले केन्द्रीय तहबाट र जिल्लागत रुपमा अनुगमन गर्ने कार्यलाई तिब्र बनाएर टोली परिचालन थालेको पनि जानकारी दिए । पूर्वी नेपालको बजारमा


आपूर्तिसहज तुल्याउने उद्देश्यकासाथ साल्ट ट्रेडिङ, आयल निगम तथा ग्यास आपूर्ति गर्दै आएका ग्यास उद्योगहरुको स्थलगत अनुगमन गर्ने क्रममा आइतबार इटहरी आईपुगेका मन्त्री पुनले स्थानीय राजनीतिक दलका


प्रतिनिधि तथा ब्यापार ब्यवसायीहरुसँगको कुराकानीमा बजार सहज बनाउन अनुगमन कडाइ गर्न लागिएको बताएका हुन । ब्यावसायीका विच उनले भने, ‘नाकाबन्दीपछिको बर्तमान बजारको अवस्था सहज तुल्याउनका लागि


पनि सरकारले गम्भीर रुपमा यो बिषयलाई लिएर अघि बढिरहेको छ ।’ इटहरीका व्यवसायी कृष्ण सापकोटाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरिको सहज इन्धन व्यवस्था नभएको गुनासो गरेका थिए । अन्य व्यवसायीले


समेत सहज आपुर्ती व्यवस्थाका लागि सरकार गम्भीर नभएको गुनासो राखे । ब्यापारी एवम ब्यवसायी र सर्वसाधारण उपभोक्ताको गुनासोको जवाफमा मन्त्री पुनले ‘सरकार कालोबजारी नियन्त्रण गर्न कसैसँग सम्झौता


गर्ने पक्षमा छैन ।’आपूर्तिलाई सहज र सरल तुल्याउनका लागि स्थानीय प्रशासंग प्रत्यक्ष छलफलमा केन्द्र रहेको समेत जानकारी गराए । इन्धन आपूर्तिलाई अझ सहज बनाउन भारतका सिलिगुडीबाट शनिवार पनि


कम्तिमा ३ सय ५० केएल इन्धन आपूर्तिको ब्यवस्था मिलाउन आयल निगमलाई आदेश दिइसकिएको पनि उनले जनकारी गराए । प्रकाशित : फाल्गुन १६, २०७२ २०:०१ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३


पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व,


सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com