राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

Play all audios:


काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले


बताएको छ ।  <?xml encoding="UTF-8"??> नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै


राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।


सत्तारुढ नेकपामा विवाद बढ्दा अघिल्लोपटक सक्रियता देखाउने गरेकी राजदूत यान्छी यसपटको विवादमा भेटघाटमा सक्रिय थिइनन् । प्रकाशित : पुस ७, २०७७ १९:०५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो


वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य


प्रकाशनहरु © Copyright ekantipur.com