खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

Play all audios:

काठमाडौँ — नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित एक पार्टी प्यालेसमा १२ बजेपछि सुरु भएको बैठकमा पछिल्लो विवादका बारेमा छलफल हुने भएको छ ।
<?xml encoding="UTF-8"??> बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताले पछिल्लो परिस्थितबारे ब्रिफिङ गर्ने भएका छन् । गत शनिबार बालुवाटारमा बसेको अध्यक्ष एवं
प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई स्पष्टिकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र जवाफ पेस गर्न
भन्दै चार नेतालाई सोमबार पत्र पठाएका थिए । नेपालसहितका नेताहरुलाई स्पष्टिकरण सोधेपछि एमाले विवाद उत्कर्षमा पुगेको छ । तत्कालीन नेकपामा भएका गतिविधिसमेत लाई जोडेर स्पष्टीकरण मागिएपछि यो
समूहका नेताहरुले सामूहिक छलफल पनि गरेका थिए । त्यसपछि नेता नेपाल र उपाध्यक्ष भीम रावलले बिहीबार ओलीमाथि प्रतिप्रश्न गर्दै जवाफ पेस गरेका छन् । उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य
सुरेन्द्र पाण्डेले भने शुक्रबार स्पष्टीकरण पत्र बुझाउने भएका छन् । तर, खनाल–नेपाल समूहमा पनि पार्टीमै रहेर संघर्ष गर्ने वा छुट्टै पार्टी बनाउने भन्नेमा नेताहरुबीच विवाद देखिएको छ । जारी
केन्द्रीय कमिटी बैठकमा यसबारे नेताहरुले धारणा राख्ने भएका छन् । अर्कोतर्फ शुक्रबार नै प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका छन् । उक्त बैठकमा जाने वा नजाने भन्नेबारे छलफल गर्न १ बजे
खनाल–नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ । बैठकले प्रधानमन्त्रीले बोलाएको दलको बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गर्नेभएको छ । प्रकाशित : चैत्र १३, २०७७ १२:४६ कान्तिपुरका स्तम्भहरु
हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका
समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा
अन्य प्रकाशनहरु © Copyright ekantipur.com