उपचार भन्दै निर्घात कुटपिट

Play all audios:

स्याङ्जा — वालिङ १४ डाँडाखर्ककी मानसिक समस्या रहेकी एक युवतीलाई उपचारका लागि झारफुक गर्ने भन्दै निर्घात कुटपिट गरिएको खुलेको छ । २१ वर्षीया खगिसरा कुँवरमाथि कुटपिट भएको भिडियो समाजिक
सञ्जालमा देखिएपछि प्रहरीले थाहा पाएको हो । <?xml encoding="UTF-8"??> दसैंको कोजाग्रत पूर्णिमाको दिन भीरकोट ५ स्वरेकमा रहेको कालिका मन्दिरमा उनीमाथि अभद्र व्यवहार गर्दै कुटपिट
गरेको घटना सामाजिक सञ्जालमार्फत थाहा पाएपछि सम्बद्ध पक्षको खोजी सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । कालिका मन्दिरमा झारफुक गरेर निको हुन्छ भन्दै भीरकोट ५ थालेखर्कका ६० वर्षीय
रितबहादुर थापाले कुटपिट गरेको खुल्न आएको प्रहरी निरीक्षक शंकर आचार्यले बताए । ‘घटनाको भिडियो सामाजिक सञ्जालमा आयो, हामीलाई न कसैले उजुरी गरे न त पीडित र पीडक पक्ष नै सम्पर्कमा छन्,’ उनले
भने, ‘हामीले जानकारी पाएर खोजी थालेपछि उनीहरू भागेर कतै लुकेको शंका छ ।’ आरोपी थापा कालिका मन्दिरका पुजारी हुन् । उजुरी नआए पनि एकजना रोगी महिलामाथि भएको दुव्र्यवहार क्षम्य नभएको उनले बताए ।
‘वनदेवी लागेको छ, पन्छाउनुपर्छ भन्दै कुटपिट गरेका रहेछन्,’ उनले भने, ‘युवतीको उपचारका लागि घर परिवारले नै मन्दिरमा पुर्याएको जानकारी आएको छ ।’ सार्वजनिक स्थलमा दिउँसै ती युवतीमाथि अभद्र
व्यवहार हुँदा पनि उनका आफन्त र स्थानीयले विरोध नगरेको भिडियोमा देखिने उनले बताए । आफ्नै नगर क्षेत्रभित्र भएको घटना आफूले फेसबुकमा कसैले ट्याग गरेको भिडियोमार्फत थाहा पाएको नगरप्रमुख छायाराम
खनालले बताए । ‘पीडितको पक्षमा बोल्ने र सम्हाल्ने मान्छे देखिएन,’ उनले भने ‘पढेलेखेका नेट इन्टरनेट बुझेका पनि केही नबोली रमिते बनेछन् । मोबाइलमा फोटो र भिडियो खिचेर सार्वजनिक गर्ने व्यक्ति
पनि अपराधी हुन् ।’ झाँक्री बनेका रितबहादुर सोही वडामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनेका व्यक्ति रहेको खुलेको उनले बताए । घटनाका दोषीमाथि कारबाही हुनुपर्नेमा उनले जोड दिए ।
प्रकाशित : कार्तिक १६, २०७५ २०:५० कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन,
खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क,
थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com