रिठ्ठाको मूल्य नपाएपछि कृषक चिन्तित

Play all audios:

बैतडी — प्रशोधन नगरेर साबुनका रूपमा प्रयोग गरिने रिठ्ठाले बजार मूल्य नपाएपछि यहाँका कृषक चिन्तित बनेका छन् । <?xml encoding="UTF-8"??> मूल्य एक्कासी घटेपछि निकासी हुन सकेको
छैन । गत वर्ष प्रतिकिलो ३५ रुपैयाँ किलोसम्म मूल्य पाएका कृषकले यस वर्ष ८ देखि १० रुपैयाँमा बेच्न बाध्य छन् । यस वर्ष रिठ्ठाको उत्पादन बढे पनि बजार मूल्य नपाएको कृषकको गुनासो छ । अघिल्ला
वर्षमा राम्रो बजारभाउ पाएपछि यसको व्यावसायिक खेतीतर्फ आकषिर्त भएका कृषक चिन्तित बनेका छन् । 'अघिल्ला वर्ष व्यापारी घरमै आएर मोलतोल गर्थे ।' पाटन ९ का कृषक हरिश बिष्टले भने,
'मूल्य थोरै भएपछि अहिले बेच्न सकिएको छैन ।' गत वर्षको तुलनामा मूल्य बढ्ने आशामा संकलन सुरु गरे पनि मूल्य नपाएपछि जिल्लाका गोकुलेश्वर, खोचेलेक, खोड्पे, सतबाज, सिल्लेगडा, पाटन,
श्रीभावर लगायतका क्षेत्रका व्यापारीले संकलन गरेको रिठा बेच्न नपाएको स्थानीय व्यापारी बताउँछन् । मूल्य घटेपछि रिठ्ठा निकासी गर्न नसकेको मोतीनगर बजारका व्यापारी भीमदत्त अवस्थीले बताए । यहाँको
रिठ्ठा निकासी हुने ठाँउ नेपालगन्ज हो । नेपालगन्जमा रहेका भारतीय दलालले मूल्य घटाएको स्थानीय संकलन तथा व्यापारीको आरोप छ । साबुन र सेम्पु बनाउन प्रयोगमा आउने रिठ्ठा सीमा क्षेत्रका ठूला
व्यापारीका लागि स्थानीय संकलकले खरिद गर्ने गरेका छन् । नेपालगन्जको रुपैडिया तथा कञ्चनपुरको वनबासा नाका भएर रिठ्ठा भारत निकासी हुनेगरेको सिगास जडीबुटी संकलन केन्द्रका संकलक प्रेम भाटले बताए ।
'नेपालगन्जमा मूल्य प्रतिकिलो ८ /१० रुपैयाँमा झरेको छ', संकलक भाटले भने, 'राजस्व र अन्य खर्च प्रतिकिलो ८ रुपैयाँ हुन्छ, यो वर्ष निकासी गर्न सकिने अवस्था छैन ।' प्रतिकिलो
३ रुपैयाँ राजस्व र ५ रुपैयाँ ढुवानी खर्च लाग्ने भएकाले ८ रुपैयाँ किलोमा बिक्री गर्न नसकेको उनले बताए ।साबुन किन्न पैसा नहुने सर्वसाधारणले ओखलमा कुटेर र पिसेर कपडा धुन र नुहाउन रिठ्ठा प्रयोग
गर्ने गरेका छन् । बैतडीबाट मात्रै वाषिर्क ४० टन रिठ्ठा निकासी हुने गरेको यसका संकलकहरूको अनुमान छ । प्रकाशित : माघ ११, २०६८ १०:१५ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६,
२०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना
प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,
नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com